free website hit counter

हिमालयनको क्षमता अभिवृद्धि तालिम सम्पन्न

beemaadmin
२०८२ श्रावण १२, सोमबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले तृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीक सीईओ मनोजकुमार लाल कर्णसहित उच्च व्यवस्थापन र करिब १६० जना कर्मचारीको सहभागिता थियो। कार्यक्रममा स्रोत व्यक्ति तथा सहजीकरणको भूमिकामा साबिक बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, वरिष्ठ अधिवक्ता डा रमेश रेग्मी, डा रविन कटुवाल र नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश केसी छन्। कार्यक्रममा प्राडा केसीले बीमा क्षेत्रका चुनौती, अवसर र आगामी कार्यदिशा, डा रेग्मीले श्रम कानुन कार्यान्वयनमा चुनौती, डा कटुवालले कर्मचारी उत्प्रेरणा र केसीले कर्मचारीको अधिकार संरक्षण र उत्पादकत्व वृद्धिमा ट्रेड युनियनको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए। संघले आयोजना गरेको कार्यक्रम समयसापेक्ष रहेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार