काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता न्यूनतम २०३ रुपियाँ तोकिएको यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।