free website hit counter

राष्ट्रिय बीमा कम्पनीद्वारा १ अर्ब ३७ करोड बीमाशुल्क संकलन

beemaadmin
२०८२ श्रावण १९, सोमबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ४४ करोड रूपैयाँ खुद नाफा गरेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा ४४ करोड रुपैयाँ खुद नाफा गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको जनाएको छ । कम्पनीका अनुसार खुद सम्पत्ति १७ अर्ब रूपैयाँ पुगेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर बुक भ्यालु ६ हजार ३७५ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी (ईपीएस) १६२ रुपैयाँ रहेको छ भने सोल्भेन्सी मार्जिन २.७३ गुणा रहेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ४९ हजार ५९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार