free website hit counter

शिवमायालाई मन्त्री बनाउँदै नेकपा

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । सभामुखको दौडबाट मैदान छाडेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीच सहमति भएको छ । अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले उसपभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर, उनले आफूले राजीनामा गर्नुपर्नका कारण लिखित रुपमा माग गरेपछि उनलाई मन्त्री बनाउने बचनबद्धतासैगै शिवमाया राजीनामाका लागि तयार भएकी थिइन् ।
संविधान अनुसार एकै दलका दुई जना सभामुख र उपसभामुख बन्न नमिल्ने भएका कारण तुम्बाहाङ्फेले राजीनामा नदिइ सभामुख निर्वाचनको प्रकृया शुरु हुन नसक्ने भएका कारण नेकपाका लागि उनको राजीनामा अनिवार्य भएको हो । कानुनका ज्ञाता भएका कारण शिवमायालाई कानुनमन्त्री बनाउनेबारे नेकपाभित्र छलफल चलेको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार