free website hit counter

एनएमबि बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ श्रावण २७, मंगलवार

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नाफा गत आर्थिक वर्षमा ४६.२२ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आव २०८०–०८१ मा २ अर्ब २४ करोड रुपियाँ नाफा कमाएको बैंकले गत आव २०८१–०८२ मा ३ अर्ब २८ करोड रुपियाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपियाँ र खुद फी तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपियाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत र सञ्चालन मुनाफा ६४.४६ प्रतिशत बढेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.६६ रुपियाँले बढेर १७.९०रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८०.६८ रुपियाँ र मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ । १८ अर्ब ३३ करोड ६७ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपियाँ सञ्चित छ । गत आवको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपियाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १०.४१ रुपियाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार