free website hit counter

नेपाल लाइफको बीमा शुल्क आर्जन ४७ अर्ब

beemaadmin
२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८४ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १५.४३ प्रतिशत बढेको छ। बीमाशुल्क र आम्दानीसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १७.३७ प्रतिशत बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ११५.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा रहेको छ। ९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार