काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । उक्त हकप्रदमा जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना शेयरधनीमा १ करोड ३९ लाख २० हजार ८०० कित्ता हिजो आइबार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँटमा नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामीमा आउनेछ ।