free website hit counter

आईएमई लाइफको फुटसल प्रतियोगिता सम्पन्न

beemaadmin
२०८२ भाद्र ९, सोमबार

काठमाडौं । आईएमई लाइफले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच भएको मैत्रीपूर्ण प्रतियोगिता उत्साहपूर्ण माहोलमा सम्पन्न भएको कम्पनीले जनाएको छ । खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा, भन्ने नारासहित आयोजित उक्त प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कम्पनीका अनुसार, प्रतियोगिताको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा शीर्ष गोलकर्तालाई विशेष पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार