काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आव २०८२–८३ को पहिलो अर्थात साउन महिनामा ४ अर्ब ३९ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । हाल १४ ठूला र ४ लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ५४ लाख, सिद्धार्थ प्रिमियरले ४१ करोड ७९ लाख र शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपियाँ कूल बीमाशुल्क संकलन गरेको छ । लघु बीमातर्फ सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ८ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेको छ ।