free website hit counter

कृषकको साथमा कृषि विकास बैंक : ५ अर्ब सहुलियत कर्जा वितरण

beemaadmin
२०७६ माघ ७, मंगलवार

 

काठमाडौँ । नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार कृषि विकास बैंकले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको छ । 

Advertisement
Advertisement

बैंकको ५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैङ्कले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दति केन्द्र, हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् लगायतसँग सहकार्यमा त्यस्तो कर्जा प्रवाह गरेको जनाएको हो । बैंकले कुल कर्जा प्रवाहमध्ये १ करोड भन्दा बढी रकमको कर्जाको हिस्सा १ प्रतिशत रहेको तर १० लाखभन्दा कम कर्जाको हिस्सा ८० प्रतिशत रहेको जनाउँदै बैंकले आफू ग्रामीण भेगका जनतामा समर्पित रहेको समेत बताएको छ । 

Advertisement
Advertisement

कृषि विकास बैंकको पुस मसान्तसम्म १२७ अर्ब १३ करोड रुपैंया निक्षेप संकलन गरी ११७ अर्ब ७७ करोड कर्जा प्रवाह गर्दा १ अर्ब ७४ करोड खुद नाफा कमाएको जनाएको छ । बैंकको निष्क्रिय कर्जा ४ अर्ब २३ छ । यो कुल कर्जाको ३.५९ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा यो अनुपात ०.८२ प्रतिशत कम हो ।

सम्बन्धित समाचार