free website hit counter

वार्षिकोत्सवका अवसरमा सामाजिक र जनजागरण कार्यक्रम

beemaadmin
२०८२ भाद्र १६, सोमबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवस अवसरमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले जीवन बीमा कारोबारको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक र जनजागरण कार्यक्रमहरू आयोजना गरेको हो । वार्षिकोत्सवमा महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दरबजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम शाखाहरूबाट विद्यालयलाई शैक्षिक सामग्री, वृद्धाश्रममा खाद्यान्न वितरण तथा सरसफाइ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

केन्द्रीय कार्यालय, ज्ञानेश्वरबाट कर्मचारी र एडभाइजरहरूको सहभागितामा प्रभातफेरी समेत गरिएको थियो । सो प्रभातफेरि ज्ञानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–कृष्ण पाउरोटी हुँदै पुनः कार्यालयमा समापन गरिएको थियो । रिलायवल नेपाल लाइफले करिब ७० लाख बीमित, नियमनकारी निकाय, सेयरधनी, एडभाइजर, कर्मचारी तथा पत्रकार लगायत सबै सरोकारवालाप्रति आभार प्रकट गरेको छ । कम्पनीले ग्राहकमैत्री सेवा विस्तार गर्दै उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुगेको छ भने कुल लगानी करिब २० अर्बमा पुगेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार