free website hit counter

नेपाल इन्स्योरेन्समा रोजगारी खुल्यो

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । रोजगारीको खोजीमा पत्रपत्रिका तथा अनलाइन नियालीरहेका युवाहरुलाई खुशीको खबर । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले केही सहायक स्तरका कर्मचारीको आवश्यकता भएकाले इच्छुक र योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ । कम्पनीले सल्यान, रुकुम, धरान, इटहरी, बिराटचोक, दमक, धनकुटा, इलाम, चन्द्रौटा, तानसेन, पाल्पा र प्युठानका शाखा कार्यालयहरुका लागि कर्मचारीको आह्वान गरेको हो । मान्यताप्राप्त शिक्षण संस्थाबाट +२ पास गरेका र बीमा सम्बन्धी ज्ञान भएका व्यक्तिले आवेदन दिन सकिने बताइएको छ । मोटरसाइकल तथा स्कुटरको सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने बताइको छ । इच्छुक उम्मेदवारले उल्लेखित शाखा कार्यालयहरु वा प्रधान कार्यालयको मानव स्रोत विभागमा आवेदन दिन सकिने बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार