free website hit counter

एक स्थानीय तहमा महिनामा एक पटक पुग्न बीमा कम्पनीलाई निर्देशन

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । घुम्ती बीमा प्रभावकारी रुपले कार्यान्वयनमा ल्याउन बीमा कम्पनीका सीइओहरुलाई बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले निर्देशन दिएका छन् । घुम्ती बीमा मार्फत प्रत्येक एक स्थानीय तहमा महिनामा एक पटक पुग्नु अध्यक्ष चापागाईले निर्देशन दिए ।

अध्यक्ष चापागाँइले  शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन जारी भएको स्मरण गराउँदै घुम्ती बीमा  कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनको लागि निर्देशन दिएका हुन् ।

बीमा जनचेतना मूलक गीतको विमोचन गर्दै अध्यक्ष चापागाँईले  यस्तो निर्देशन दिएका हुन् । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असार मसान्तसम्म आफ्नो कुल बीमा व्यवसायको १० प्रतिशत लघुबीमा जारी गर्नु पर्ने प्रावधान अनुसार घुम्ती बीमा मार्फत लघुबीमाको लक्ष्य पुरा गर्न सकिने उनको भनाई छ । सरकारको नीतिअनुसार घुम्ती बीमाले लघु बीमाको लक्ष्य पुरा गर्न सहयोग पुग्ने उनको दाबी छ ।

सबै स्थानीय तहमा बीमा कम्पनी पुग्न कठिनाई भएपनि घुम्ती बीमा मार्फत बीमा क्षेत्रको विस्तार गरिने उनको भनाई छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार