free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा दिपककुमार

beemaadmin
२०८२ कार्तिक १०, सोमबार

काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा अब्बल रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त भएका छन् । कार्तिक २ गतेबाट लागू हुने गरी धुत नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।उनी निर्जिवन बीमा क्षेत्रका एक कुशल व्यवसाय रणनीतिकार तथा निर्जिवन बीमाको प्राविधिक विषयमा विशेष दख्खल रहेको व्यक्ति हुन् । ३० बर्ष देखि नेपालको निर्जिवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्ष्टिच्युट अफ इन्डियाको स्थायी सदस्य रहेका छन् भने इन्दिरा गान्धि खुल्ला विश्वविद्यालयबाट बजार व्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् । उनले युएनडीपी बाट समावेशी बीमासम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् । निजको नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकाबाट कम्पनीले आफ्नो व्यवसायिक सफलता तथा कम्पनीको लक्ष्य प्राप्तीमा थप उर्जा मिल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार