काठमाडौं । आफ्नो लाइसेन्स लिएर चिट काट्ने ट्राफिक प्रहरीलाई धन्यवाद दिन हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका छन् ।
घिमिरेले आफुलाई सिट बेल्ट नलाएका कारण चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोली र ब्यवहारको प्रशंसा गरे । बुधबार बिहान ग्वोर्कोस्थित घरबाट कामको सिलसिलामा बाहिर निस्किने बितिक्कै कारबाहीमा परेका थिए । चिट काट्ने क्रममा ट्रफिक प्रहरीले आफूसँग मिठो बोली, वचन गरेको भन्दै उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद दिएका थिए । प्रहरीको मिठो बोलीका कारण आफुले सजिलै लाइसेन्स दिएको घिमिरेले सुनाए ।
महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीसँग उनको भेट भएको थियो । भेटमा उनल प्रहरी जवानलाई राम्रो व्यवहारका लागि आभार समेत प्रकट गरे ।