free website hit counter

नेपाल पुनर्बीमाको नाफा घट्यो

beemaadmin
२०८२ मंसिर १८, बिहीबार

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ मा १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ८.५० प्रतिशत घटेको देखिन्छ । गत वर्ष कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीले ७ अर्ब ५४ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ७६ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेर ११ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेर अर्ब ६६ करोड ८४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ८.४३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्षका असारसम्म ७।७१ रुपैयाँमा सीमित छ । कम्पनीको मूल्य आम्दानी अनुपात १६३.३४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५२.९४ रुपैयाँ छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार