free website hit counter

नेपाल पुनर्बीमालाई पूँजी घटाउने प्रस्ताव स्वीकृत

beemaadmin
२०७६ माघ ९, बिहीबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी पूँजी घटाउन स्वीकृती पाएको छ । उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो ।

कम्पनीको पहिलो साधारण सभाबाट अधिकृत तथा जारी पूँजी ३ अर्ब बाट बढाएर १५ अर्ब पुर्याएको थियो। तर २०७५ पुस १३ मा सम्पन्न विशेष साधारण सभाले अधिकृत पूँजी १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । कम्पनी घटाएको जारी पूँजी १० अर्ब कायम गर्न अदालती प्रक्रियामा गएको थियो। उक्त प्रकृयाका लागि कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

जारी पूँजी घटाउने स्वीकृती पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रक्रिया थप अगाडि बढ्ने भएको छ। कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार