free website hit counter

जीवन बीमकले पाँच महिनामा संकलन गरे ७७ अर्ब बीमा शुल्क

beemaadmin
२०८२ पुष १४, सोमबार

काठमाडौं । राजनीतिक अस्थिरतासँगै अर्थतन्त्र सुस्ताएका बेला पनि जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा करिब ७७ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंसिरसम्ममा २१ अर्ब ३७ करोड ४१ लाख बीमाशुल्क संकलन गरेको छ । बढी बीमाशुल्क संकलन गर्नेको दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । मंसिरसम्ममा कम्पनीले ९ अर्ब २७ करोड २ लाख बीमाशुल्क संकलन गरेको हो । यस्तै, एलआइसी नेपाल इन्स्योरेन्सले ८ अर्ब १८ करोड १० लाख, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ४७ करोड ९१ लाख, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७५ करोड १७ लाख बीमाशुल्क संकलन गरेको छ । यसैगरी, मंसिर मसान्तसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब २३ करोड २५ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ८० करोड ५२ लाख, मेटलाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड ७६ लाख, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९४ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड २० लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड १८ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९९ लाख कुल बीमाशुल्क संकलन गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार