काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल चयन भएकी छिन् । सञ्चालक समितिको पुस १३ गते आइतबार बसेको बैठकले अर्यालयलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव किशोर लामिछानेले जनाएका छन् । त्यस्तै रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी छनबहादुर भट्टचनलाई बाँकी कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।