free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ पुष २९, मंगलवार

काठमाडौं । अग्रणी निर्जिवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण (एएमएल) सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनको हलमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख पदमप्रसाद सोडारी प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा कम्पनीका उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनबारे विस्तृत जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी केही संस्थापक सेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार