धनकुटा । प्रदेश नं. १ को धनकुटा जिल्लामा अवस्थित आँखा अस्पतालले त्यस क्षेत्रका विरामीहरुलाई प्रभावकारी सेवा दिँदै आएको । नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको सो डा. राम प्रसाद आँखा अस्पतालको आखा उपचार सेवालाई अझ स्तरीय बनाउदै पूर्वी नेपालकै नमुनाको रुपमा संचालनका लागि सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताइएको छ । धनकुटामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा पूर्व मन्त्री सुनिलबहादुर थापाले अस्पतालको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष एवं धनकुटा निवासी लोकेन्द्र श्रेष्ठ ईश्वरले उक्त अस्पतालले धनकुटावासीलाई मात्रै होइन अन्य जिल्लाका नागरिकहरुलाई समेत सेवा पुर्याइरहेको हुँदा यसको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
अध्यक्ष श्रेष्ठले अस्पतालको सेवा विस्तारमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने र आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।