काठमाडौं । माघ १९ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेको हो । पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।