free website hit counter

सन नेपाल लाइफको बीमा शुल्क आर्जन सवा २ अर्ब

beemaadmin
२०८२ माघ २१, बुधबार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल बीमक सन नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा आर्जन सामान्य १.११ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको आम्दानीमा बढोत्तरी भएकोले नाफा बढ्न टेवा पुगेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणले देखाएको छ। त्यसो त समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा भने गिरावट देखिएको छ। कम्पनीको कुल आम्दानी २ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ११.२२ प्रतिशतले घटेर २ अर्ब ६१ करोड २० लाख रुपैयाँमा झरेको छ। आम्दानी घटेपछि कम्पनीले खर्च पनि घटाएको छ। कम्पनीको कुल खर्च २ अर्ब ६६ करोड रुपैयाँबाट १३.५८ प्रतिशतले घटेर २ अर्ब २९ करोड ८६ लाख रुपैयाँमा झरको छ। त्यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ नाघेको छ भने प्रतिशेयर आम्दानी १४.२५ रुपैयाँबाट घटेर ११.३० रुपैयाँमा झरेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन रेशियो २।३३ प्रतिशतबाट बढेर २।४३ प्रतिशत कायम भएको छ। प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको यस कम्पनीले ६ महीनामा बीमा पोलिसी रिन्यू गरी १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार