free website hit counter

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजना बनाउने घोषणा

beemaadmin
२०८२ माघ २५, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्। ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यतासहित अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पैसाको अभावमा उपचार रोकिने र नागरिकले घरखेत बेच्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले हाल स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त बनेको भन्दै यसलाई ट्र्याकमा ल्याउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए। स्वास्थ्य बीमा सुधारका लागि उनले चार आधारस्तम्भ, विश्वव्यापी पहुँच, कार्यक्रम एकीकरण, संघीय संरचनाअनुसार भूमिका स्पष्टता र सुशासन प्रस्तुत गरेका छन्। पाँच वर्षभित्र अधिकांश उपचार खर्च बीमाले ब्यहोर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित कांग्रेसले विस्तृत योजना ल्याउने सभापति थापाको भनाइ छ।

सम्बन्धित समाचार