free website hit counter

नागरिक लगानी कोषद्वारा ६६ करोडभन्दा बढी मुनाफा आर्जन

beemaadmin
२०८२ माघ २५, आईतवार

काठमाण्डौ । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो । यो अवधिमा कोषले १ अर्ब ६ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २।८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो । कोषको कुल खर्च घटेको छ । अघिल्लो आवमा २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च घटेर १८ करोड १८ लाखमा सीमित बनेको छ । कोषले २ खर्ब ९८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब, नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड, समयकालिन कर्जामा २६ अर्ब ३१ करोड ,संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको जगेडा कोषको आकार १२ अर्ब २८ करोड रुपैयाँबराबर रहेको छ । समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ र लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार