जोखिम हस्तान्तरण गर्ने एक मात्र माध्यम बनेको बीमा व्यवसाय एउटा प्राविधिक व्यवसाय हो । यस व्यवसायमा छुट्टै शब्दहरुको प्रयोग हुन्छ । यहाँ प्रयोग हुने प्राविधिक शब्द र त्यसको अर्थलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
ADB- Accidental Death Benefit- (दुर्घटना मृत्यु लाभ)– यो भनेको ADB लिएको अवस्थामा दुर्घटनाबाट मृत्यु भएमा दिइने अतिरिक्त सुविधा हो ।
AB (Accidental Benefit) यसको अर्थ दुर्घटना लाभ हुन्छ ।
APL (Automatic Premium Loan) यसलाई स्वतः उपलब्ध हुने बीमा लेखअन्तर्गतको ऋण सुविधा बुझिन्छ ।
DOC (Date of commencement) यसलाई बीमा प्रारम्भ मिति र जोखिम वहनको सुरुवात भनिन्छ ।
DOD (Date of Death) यसलाई मृत्यु भएको मिति भनिन्छ ।
FPR (First Premium Receipt) बीमा स्वीकार गरी बीमकले लिएको प्रथम बीमा शुल्कको रसिद ।
EMR (Extra Mortality Rate) यसलाई अतिरिक्त मृत्युदर भनिन्छ ।
FUP (First Unpaid Premium बीमा लेख जारी भइसकेपछि नबुझाएको बीमा शुल्क ।
FYRP (First Year Renewal Premium) यो भनेको प्रथम वर्षको नवीकरण बीमा शुल्क हो ।
IBNR (Incurred But not Reported) घटना घटिसक्दा पनि बीमकलाई जानकारी नभएको ।
MHR (Moral Hazard Report) नैतिक जोखिम प्रतिवेदन ।
LTI (Life Time Income) आजीवन आम्दानी । ADB अन्तर्गत उपलब्ध हुन्छ ।
PAD (Policy Anniversary Date) बीमा लेख लिएको वार्षिकोत्सव मिति ।
NB (New Business) नयाँ बीमा लेखको व्यापार वा नयाँ व्यवसाय ।
OR (Ordinary Rate) बीमकले तोकेको सामान्य बीमा शुल्क दर ।
PTD (Permanent Total Disability) पूर्णरूपमा भएको व्यक्तिको स्थायी अशक्तता ।
PWB (Premium Waiver Benefit) बीमा शुल्क छुट सुविधा, जसअन्तर्गत बीमितले प्रस्तावकको मृत्यु भएमा बीमा शुल्क तिर्नुपर्दैन र बीमा समाप्ति मितिपश्चात् बीमाङ्क रकम र आर्जित मुनाफासहित बीमितले प्राप्त गर्दछन् । यस प्रकारको बीमा लेख सुविधा नाबालिग बालबच्चामा प्रायः लागू गरिन्छ ।
FUP (Paid Up Policy) (चुक्ता बीमाङ्क) बीमा लेख नियमित सञ्चालनमा नरहेको र कम्तीमा दुई वर्षको बीमा शुल्क भुक्तान गरिसकेको स्थितिमा निकालिन्छ ।
RP (Renuwal Premium) नवीकरण बीमा शुल्क जुन मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक कुनै पनि हुन सक्दछ ।
SA (Sum Assured) बीमाङ्क रकम यो भनेको बीमितले कति रकमको बीमा गरेको हो भन्ने बुझिन्छ ।
RPR (Renuwal Premium Receipt) बीमा लेख नवीकरण गर्दा बीमा शुल्क बुझाएको रसिद वा प्रमाण ।
WOP (Waiver of Premium) बीमा शुल्क छुट रकम प्रायः बीमकहरूले ठूलो रकमको बीमा प्रस्ताव स्वीकार गर्दा र वार्षिक बीमा शुल्क तिर्दा, अन्य आवधिक रूपमा बीमा शुल्क तिर्दा वा बीमा शुल्क छुट सुविधा ।
TPD (Total Permanent Disability) यो PTD जस्तै हो, जसलाई पूर्ण स्थायी अशक्तता, जसलाई जिउँदो लास भनिन्छ । यसमा दुर्घटनावश हुने पूर्ण अशक्तता, जसले कुनै पनि काम गर्न सक्दैन र आम्दानी गर्न सक्दैनन् ।
Insured (बीमित) जीवन बीमा शुल्क बुझाई बीमा लेख प्रमाणपत्र प्राप्त व्यक्तिलाई बीमित भनिन्छ ।