free website hit counter

निर्जीवन बीमा कम्पनीहरूको दायित्व ५० अर्ब बढी, भुक्तानी १३ अर्ब मात्रै

beemaadmin
२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलन तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण निर्जिवन बीमा कम्पनीहरूमा दायित्व बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ७२८ वटा दाबी संख्या अन्तर्गत ५० अर्ब ७९ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५०।६७ प्रतिशतले वृद्धि भएको छ । बीमा प्राधिकरणले प्रकाशन गरेको दोस्रो त्रैमासिक रिर्पोटअनुसार गत आवको यही अवधिमा बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी दाबी रकम ३३ अर्ब ७१ करोड १४ लाख रुपैयाँ थियो । बीमा प्राधिकरणको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट कुल ७१ हजार २४९ वटा दाबी संख्या बराबरको १३ अर्ब २७ करोड ५३ लाख रुपैयाँ रकम भुक्तानी भएको छ । गत आवको पुस मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्यामा ९।४१ प्रतिशतले वृद्धि भएको छ भने दाबी रकममा ३०।६६ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले ६५ हजार १२० वटा दाबी संख्याको १० अर्ब १६ करोड १ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो । ६ महिनाको अवधिमा सबैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले ६ महिनामा २ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बाट १ अर्ब ७४ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब २४ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्ममा आईजिआई प्रुडुन्सियलले १ अर्ब १३ करोड ९० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९७ करोड २९ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड ३२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ९२ करोड ४५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६७ करोड ५० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३० करोड, प्रभु इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७ करोड ७८ लाख रुपैयाँ, सानिमा जिआईसीले ७५ करोड ७५ लाख रुपैयाँ, दि ओरियन्टल ६१ करोड १७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । बीमा प्राधिकरणका अनुसार दोस्रो त्रैमाससम्ममा नेपाल माइक्रोले ३ करोड ७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ३ करोड १८ लाख रुपैयाँ, स्टार माइक्रोले २ करोड ९ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३ करोड ८१ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ ।

सम्बन्धित समाचार