free website hit counter

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकम्पनीको सञ्चालक समितिको २०२औं बैंठकले १०.२३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ९।७५ प्रतिशत अर्थात ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.४८७५ प्रतिशत अर्थात ४२ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त बोनस वितरण पछि चुक्ता पूँजी ९६ करोड ९१ लाख रुपैयाँ पुग्ने छ । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा १२.८२ प्रतिशत बोनस र ०.६७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार