free website hit counter

जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब २४ अर्ब नाघ्यो

beemaadmin
२०८२ चैत्र १२, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्बभन्दा बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, १४ वटा जीवन बीमा कम्पनीहरूले यस अवधिमा १ करोड १५ लाखभन्दा बढी बीमालेख जारी गर्दै कुल १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो।

Advertisement
Advertisement

यस अवधिमा सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ३२ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १२.१७ प्रतिशत वृद्धि गरेको छ।

Advertisement
Advertisement

दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय पनि अघिल्लो वर्षको तुलनामा १०.०८ प्रतिशतले बढेको छ।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। यस कम्पनीले १३ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै ७.१६ प्रतिशत वृद्धि हासिल गरेको छ।

चौथो स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ, जसले ११ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.४० प्रतिशतले बढी हो।

अन्य कम्पनीहरूको प्रदर्शन पनि उल्लेखनीय रहेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड रुपैयाँ, एसियन लाइफले ६ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ७६ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब २८ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

वृद्धिदरको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय सबैभन्दा धेरै ९५.१९ प्रतिशतले बढेको छ। त्यस्तै, आइएमई लाइफले ३०.३४ प्रतिशत, सिटिजन लाइफले १८.६१ प्रतिशत र एसियन लाइफले १२.०५ प्रतिशत वृद्धि गरेका छन्।

यसैगरी, रिलायबल नेपाल, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफले पनि दोहोरो अंकको वृद्धिदर कायम गरेका छन्।

सम्बन्धित समाचार