free website hit counter

चार हजार धरौटीमा आस्था रिहा

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं । सामाजिक सञ्जालबाट प्रहरीमाथि गालीगलौज गरेको अभियोगमा पक्राउ परेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशपछि मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
सोमबार काठमाडौँ प्रहरीमा आफैं उपस्थित भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेकोमा ४ दिनको म्याद दिएको थियो । सामान्य विषयमा ४ दिनको म्याद दिएर प्रहरीले प्रतिशोध साँध्न खोजेको भन्दै चोतर्फी विरोध हुँदै आएपछि प्रहरीले ४ हजार धरौटी लिएर छाडिदिएको हो । मंगलबार प्रहरीले उनलाई सरकारी वकिलको कार्यालयमा मार्फत फेरि प्रशासनमा उपस्थित गराएकोमा प्रशासनले ४ हजार घरौटीमा छाड्न आदेश दिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार