काठमाडौं । प्रभु इन्स्योरेन्सको आफ्नो ३० औँ वार्षिक साधारणसभा वैशाख ९ गते सम्पन्न भएको छ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१–८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४५७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश छन्। लाभांश वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । सभाले संस्थागत उत्तरदायित्वअन्तर्गतका खर्च पारित गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामकहरुबाट प्राप्त रायसुझाव समावेश गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान अर्को विशेष प्रस्ताव अनुमोदन गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।