free website hit counter

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्त बीमितलाई दाबी रकम प्रदान

beemaadmin
२०८३ बैशाख ९, बुधबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई दाबी रकम भुक्तानी गरेको छ।

दैलेख जिल्ला, गुराँस गाउँपालिका–२ निवासी श्रीमती खगिसरा श्रेष्ठले आफ्ना छोराको नाममा ‘रिलायबल सुलभ बाल जीवन बीमा योजना’ अन्तर्गत बीमा गराएकी थिइन्। बीमा अवधिभित्र प्रस्तापक स्वयं रुखबाट लडेर पूर्ण रूपमा अशक्त भएपछि कम्पनीले बीमा सम्झौताअनुसार दाबी प्रक्रिया पूरा गर्दै ५ लाख रुपैयाँ बराबरको रकम प्रदान गरेको जनाएको छ।

उक्त रकम कर्णाली प्रदेश प्रमुख विष्णु प्रसाद अधिकारी, शाखा प्रमुख खगेन्द्र मल्ल, सिनियर एजेन्सी म्यानेजर पम्फा वली तथा धना लामाको उपस्थितिमा बीमितको निवासमै पुगेर चेकमार्फत हस्तान्तरण गरिएको थियो।

कम्पनीका अनुसार यस्तो दाबी भुक्तानीले बीमाको आवश्यकता र आकस्मिक परिस्थितिमा यसको आर्थिक सुरक्षात्मक भूमिकालाई थप पुष्टि गरेको छ। साथै कम्पनीले भविष्यमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै बीमितहरूको हित संरक्षणमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

सम्बन्धित समाचार