free website hit counter

लगातार चार दिन सरकारी बिदा

beemaadmin
२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौं । आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो । आगामी जेठ १४ मा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गर्दै सूचना जारी गरिसकेको छ । जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । त्यस्तै, जेठ १६ गते शनिबार र जेठ १७ गते पनि आइतबार बिदा हुने हुँदा यो महिना लगातार चार दिन बिदा हुने भएको हो । चार दिन बिदा हुँदा सरकारी कर्मचारीलाई भने राहत हुने देखिएको छ ।

सम्बन्धित समाचार