free website hit counter

आइतबारको बिदा हटाउने  कुनै निर्णय भएको छैन

beemaadmin
२०८३ जेष्ठ २५, सोमबार

काठमाडाैं । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अन्त्य गरी आइतबारको बिदा हटाउन लागिएको भन्ने चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिन थालेपछि कर्मचारी वृत्तमा अन्योल र चासो बढेको छ। तर सरकारले भने यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको बताएकी छन्। उनका अनुसार हाल यस सम्बन्धमा कुनै औपचारिक तयारीसमेत गरिएको छैन।

Advertisement
Advertisement

‘आइतबारको बिदा हटाउने विषयमा सरकारको कुनै निर्णय भएको छैन। तत्कालका लागि यस्तो प्रस्तावमाथि कुनै तयारी वा छलफल पनि भएको छैन,’ दाहालले बताइन्।

Advertisement
Advertisement

सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो। पश्चिम एसियामा उत्पन्न संकटका कारण इन्धनको मूल्य बढ्दै गएको र त्यसको प्रभाव कम गर्न ऊर्जा बचत तथा जनजीवनलाई सहज बनाउने उद्देश्यले दुईदिने बिदाको व्यवस्था गरिएको थियो। सोही निर्णयअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

आइतबारको बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार र चर्चा आइतबार दिनभर विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यममा सार्वजनिक भएपछि सरकारले औपचारिक रूपमा त्यसको खण्डन गरेको हो।

सरकारको स्पष्टीकरणपछि हाल कायम रहेको शनिबार–आइतबारको सार्वजनिक बिदा यथावत् रहने स्पष्ट भएको छ।

सम्बन्धित समाचार