free website hit counter

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा असार ३० गते

beemaadmin
२०८३ असार ९, मंगलवार

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

सभा रुपन्देहीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले अन्य ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिसन) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ। सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि संस्थाले असार २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र वार्षिक साधारण सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार