चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फर्किएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार प्रधानमन्त्री शाह आज बिहान ११ः३१ बजेको उडानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहले महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गरेका थिए। त्यसैगरी, मङ्गलबार आयोजित बन्दसत्रमा पनि उनले सहभागिता जनाएका थिए।
महाधिवेशनबाट शाह पार्टीको वरिष्ठ नेतामा निर्वाचित भएका छन्।
चितवन बसाइका क्रममा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र तथा चितवन राष्ट्रिय निकुञ्जको समेत अवलोकन भ्रमण गरेका थिए।