free website hit counter

छोरी बीमाको रकम १ बाट ३ लाख पुग्यो

beemaadmin
२०७६ माघ १७, शुक्रबार

जनकपुर । प्रदेश २ को सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छोरीहरुको शिक्षा र सुरक्षाका लागि थालिएको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बीमाको रकम एक लाखबाट बढाएर ३ लाख पुरुयाइएको छ । २०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले सो रकमलाई तीन लाख पुर्याएको हो । मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अब ३ लाख पाउने घोषणा गरेका छन् ।
स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले यो रकम लाई २० वर्षमा २० लाख पुर्याउने लक्ष्य रहेको बताउनुभयो । छोरी शिक्षा बिमा अन्तर्गत हालसम्म करिब १५ हजार छोरीहरुको बीमा प्रदेश सरकारले गरिसकेको छ । बीमा गराइसकेका छोरीहरुले समेत यो सुविधा पाउने छन् ।
अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँचसय दिने योजना पनि प्रदेश २ सरकारले बनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार