free website hit counter

मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’बाट सम्मानित

beemaadmin
२०८३ असार २५, बिहीबार

काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ (Great Place to Work) प्रमाणपत्रबाट सम्मानित भएको छ। कम्पनीले कर्मचारीमैत्री कार्यसंस्कृति र सकारात्मक कार्य वातावरणका आधारमा उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ।

कम्पनीका अनुसार यो प्रमाणपत्र कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियाको मूल्यांकनपछि प्रदान गरिएको हो। यस वर्ष ८७ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थलका रूपमा मूल्यांकन गरेका छन्।

‘ग्रेट प्लेस टु वर्क’ विश्वव्यापी रूपमा कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव र संस्थागत नेतृत्वको मूल्यांकन गर्ने संस्था हो। यसले व्यावसायिक सफलता, कर्मचारी सन्तुष्टि, दीर्घकालीन आबद्धता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिका आधारमा संस्थाहरूलाई प्रमाणित गर्ने गर्दछ।

ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस–कुलीनले लगातार दोस्रो वर्ष यो मान्यता प्राप्त गर्नुले मेटलाइफ नेपालले उत्कृष्ट कार्य वातावरण निर्माण गर्न सफल भएको पुष्टि गर्ने बताइन्।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो उपलब्धिलाई कम्पनीका कर्मचारीहरूको विश्वास, समर्पण र सहकार्यको परिणाम भएको उल्लेख गर्दै सम्मानजनक, समावेशी र क्षमता विकासमा केन्द्रित कार्य वातावरण निर्माणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए।

कम्पनीका अनुसार पछिल्लो एक वर्षमा आधुनिक प्रविधियुक्त प्रधान कार्यालय स्थापना गर्नुका साथै कर्मचारी स्वयंसेवा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। यस अवधिमा ९१ प्रतिशत कर्मचारीले कम्पनीलाई उत्कृष्ट कार्यस्थल, ९६ प्रतिशतले शारीरिक रूपमा सुरक्षित कार्यस्थल र ९४ प्रतिशतले कम्पनीमा काम गर्न तथा कम्पनीको सामाजिक योगदानप्रति गर्व महसुस गरेको प्रतिक्रिया दिएका छन्।

ग्रेट प्लेस टु वर्कको अध्ययनअनुसार प्रमाणित संस्थामा कार्यरत कर्मचारीले उत्कृष्ट नेतृत्व पाउने, कामप्रति बढी उत्साहित हुने तथा निष्पक्ष पारिश्रमिक, पदोन्नति र संस्थाको सफलताबाट लाभ प्राप्त गर्ने अवसर अन्य कार्यस्थलको तुलनामा उल्लेख्य रूपमा बढी हुने जनाएको छ।

सम्बन्धित समाचार