free website hit counter

अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

beemaadmin
२०७६ माघ १८, शनिबार

काठमाडौं । सामाजिक सञ्जालहरुलाई कर र कानुनको दायरामा ल्याउने तयार सरकारले गरिरहेको बेला नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिने विज्ञापनमा रोक लगाएको छ । पछिल्लो समय ठूला होटल, बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीहरुले समेत सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै ठूलो रकम विदेशिन थालेपछि राष्ट्र बैंकले यस्तो रणनीति अख्तियार गरेको हो । सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक माध्यमबाट गरिने भुक्तानी गैर कानुनी भएको भन्दै यस्तो भुक्तानीलाई रोक लगाउने निर्णय गरेको हो ।

एक सूचना जारी गर्दै बैंकले सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, युट्युवलगायत सबै माध्यमबाट गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको छ।

Advertisement
Advertisement

केन्द्रीय बैंकले यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भन्दै कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारवाही गर्ने जनाएको छ।

Advertisement
Advertisement

हेर्नुहोस् राष्ट्र बैंकको पत्र

सम्बन्धित समाचार