free website hit counter

एक सातामै प्रतितोला ३ हजार ३०० रुपैयाँ घट्यो सुनको मूल्य

beemaadmin
२०८३ असार २७, शनिबार

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातायता सुनको मूल्य लगातार ओरालो लागेको छ। असार १९ गतेको तुलनामा असार २६ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १९ गते शुक्रबार प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन असार २६ गते शुक्रबार दुई लाख ८७ हजार ४०० रुपैयाँमा झरेको हो।

यस अवधिमा सुनको मूल्य लगातार घट्दो क्रममा देखिएको महासंघले जनाएको छ। असार २१ गते प्रतितोला ४०० रुपैयाँ घटेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको थियो। त्यसपछि असार २२ गते ९०० रुपैयाँ घटेर दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भयो।

असार २३ गते थप एक हजार ४०० रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा झर्यो। असार २४ गते पनि ९०० रुपैयाँको गिरावटसँगै मूल्य दुई लाख ८७ हजार १०० रुपैयाँ कायम भयो।

महासंघका अनुसार असार २५ गते सुनको मूल्यमा सबैभन्दा ठूलो दैनिक गिरावट देखिएको थियो। त्यस दिन प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेर दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसपछि असार २६ गते अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सुनको मूल्य पुनः समायोजन हुँदै प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

सम्बन्धित समाचार