free website hit counter

सिटिजन लाइफकाे अध्यक्षमा प्रदीपजंग पाण्डे नै निरन्तर

beemaadmin
२०८३ श्रावण ६, बुधबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चार जना सञ्चालकको पदावधि आगामी वार्षिक साधारणसभा सम्पन्न नहुँदासम्मका लागि थप गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक प्रदीपजंग पाण्डे, समितकुमार अग्रवाल, मनोज कार्की र महेश्वर स्वारको कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो।

उक्त चारै सञ्चालकको पदावधि साउन ६ गते समाप्त हुने भए पनि वार्षिक साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकाले अर्को साधारणसभासम्मका लागि उनीहरूको कार्यकाल थपिएको कम्पनीले जनाएको छ।

बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा प्रदीपजंग पाण्डेलाई नै निरन्तरता दिने निर्णय पनि गरेको छ।

साथै, सञ्चालकहरूको थपिएको पदावधिलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने निर्णय समेत सञ्चालक समितिले गरेको छ।

सम्बन्धित समाचार