free website hit counter

अस्ट्रेलिया डेमा नेपाली पञ्चेबाजा

beemaadmin
२०७६ माघ १९, आईतवार

अस्ट्रेलिया । प्राकृतिक विपत्तिको सामना गरिरहेको अस्ट्रेलियाले आयोजना गरेको अस्ट्रेलिया डेका अवसरमा आयोजित र्यालीमा नेपाली समाजको तर्फबाट पञ्चेबाजा सहितको झाँकी प्रस्तुत गरियो ।

एडिलेड नेपाली समाजको संयोजन र एडिलेड पन्चेबाजा समूहको संयूक्त प्रयासमा परम्परागत नेपाली पञ्चे बाजा सडकमा घन्काइएका हुन् । कप्तान फिलीप आर्थरले बेलायतबाट पहिलो पानी जहाज अस्ट्रेलियन भूमिमा ल्याएको दिन २६ जनवरीलाई यहाँ राष्ट्रिय दिवसका रुपमा धुमधामका साथ मनाइन्छ।

यहाँका विभिन्न शहरमा आतिशबाजी र विविध कार्यक्रम गरेर यस दिन अस्ट्रेलिया डे मनाइन्छ। यस दिन यहाँ बसोबास गर्ने विभिन्न देशका स्थानीय समाजले विविध कला संस्कृति झल्काउनेगरी आफ्ना प्रस्तुति दिएका छन्।
दमाहा, ढोलक, टेम्को, कर्नलजस्ता परम्परागत बाजाले धेरैको ध्यान तानेको थियो। नेपाली परम्परागत बाजा र यसका बारेमा सोधखोज गर्नेहरु पनि उत्तिकै थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार