free website hit counter

दुम्जामा चार जिल्लाका काँग्रेसीहरुको जमघट

beemaadmin
२०७६ माघ १९, आईतवार

काठमाडौं । सिन्धुलीको दुम्जालाई लोकतन्त्रको प्रस्थानबिन्दू बनाउने अभियानस्वरुप बृहत्तर रुपमा काम भइरहेको छ । बीपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले केही सात वर्ष अघि उक्त स्थानलाई विकास गर्नका लागि पहल थालेपछि अहिले स्थानीय काँग्रेस नेताहरु समेत जुर्मुराएका छन् । सिन्धुलीको छिमेकी जिल्ला रामेछाप जिल्लाका काँग्रेसी नेता एवं शुभचिन्तकहरुले पनि उक्त क्षेत्रको विकासका लागि चासो देखाउन थालेका छन् ।

यसै सन्दर्भमा गत शुक्रबार बीपी प्रतिष्ठान रामेछापले काँग्रेसका केन्द्रीय एवं स्थानीय नेताहरुलाई दुम्जामा जमघट गरायो । उक्त जमघटमा प्रमुख अतिथी काँग्रेस महामन्त्री डा सशांक कोइराला, बिशिष्ट अतिथी नेता केन्द्रिय सदस्य डा शेखर कोइराला, केन्द्रिय सद्स्यद्वय श्याम घिमिरे, प्रदिप पौडेल, नेता भरत तिवारी, दिनेशचन्द्र थपलियाको सहभागिता थियो ।

Advertisement
Advertisement

त्यसैगरी नेपाली काँग्रेस सिन्धुली र रामेछापका सभापतिहरू ऊज्वल बराल, लबश्री न्यौपाने, पूर्ब सभासद मोहन बराल, पुराना नेता बिपीन कोइराला, नेकाँ सिन्धुलीका सचिव, नेता कान्छाराम तामाङ, महिला संघ सिन्धुलीका सभापति गंगा दाहाल, उपसभापति शान्ता कार्की, महासमिती सदस्य उपेन्द्र पोखरेल, सुशिला थिंङ, नरेन्द्रजंग थापा, जनक तोलाङ, खड्ग बहादुर वाइबा, सन्तोष घिमिरे, प्रदेशसभा सदस्य राधा घले, बिजुला बर्मा, नेता कपिल कोइराला, जिल्ला सदस्य इन्दिरा न्यौपाने, सुनकोशी गाउँपालिका वडा नं. १ (दुम्जा) का वडा अध्यक्ष बिमल मोक्तान, काभ्रेका तिर्थ लामा, गणेश लामा, सांस्कृतिक सघको महासचिब शिब रिजाललगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

बीपी संग्रहालय सुन्दरिजलका संस्थापक अध्यक्ष परशुराम पोखरेल, उपाध्यक्ष हेमन्तकेशर पंडित, सदस्य सानु श्रेश्ठ, गोकर्णेश्वर नगरपालिका १ का नेका सचिब उपेन्द्र सिंखडा, सहसचिव सम्झना पोखरेल, बीपी फुटसल कप गोनपा २ का संयोजक रोज कुमार तामाङ लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैलाई बीपी प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काले स्वागत गरेका थिए । कृष्णप्रसाद कोइरालाको जन्मघरको संरक्षण गर्नुपर्ने, दुम्जालाई विकास गर्नका लागि तिनै तहका सरकारले सहयोग गर्नुपर्ने पक्षमा उपस्थिति सबैको जोड रहेको थियो । लाेकतन्त्रका लागि बीपी वाद, बीपीवादका लागि दुम्जादेखि बनारससम्मको अभियान बीपी संग्रहालयले दुम्जाबाटै शुरु गरेको थियो ।

अहिले बीपी कोइरालाको पुर्ख्यौली थलो सिंधुलि दुम्जा धरेन डॉडोमा रहेको घर–गोठको वरिपरी पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ । यसका लागि पोखरेलले केही वर्ष अगाडि आर्थिक सहयोग गरेको भए पनि उक्त कार्य शुरु हुन सकेको थिएन । अहिले स्थानीय सरकारको आर्थिक सहयोग र सरोकारावालहरुको चासोको कारण त्यस क्षेत्रको संरक्षण गर्ने कार्य भइरहेको छ ।

सम्बन्धित समाचार