free website hit counter

३१ वर्षमा प्रभु इन्स्योरेन्स : ‘विश्वसनीय र प्रविधिमैत्री कम्पनी बन्ने लक्ष्य’

beemaadmin
२०८३ श्रावण २६, मंगलवार

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक दिवस मनाउँदै कम्पनीलाई थप विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

वार्षिक दिवसका अवसरमा कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले तीन दशकभन्दा लामो यात्रा विश्वास, मेहनत, निरन्तरता र परिवर्तनसँगको अनुकूलनको परिणाम भएको बताए। ५ करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको कम्पनी अहिले करिब १ अर्ब ७० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी, ६० शाखा तथा उपशाखा र २६७ भन्दा बढी कर्मचारीसहित बीमा सेवा दिइरहेको उनले जानकारी दिए।

Advertisement
Advertisement

अध्यक्ष मल्लका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नेटवर्थ ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा २० करोड रुपैयाँभन्दा बढी रहेको छ।

Advertisement
Advertisement

उनले कम्पनीका लागि वित्तीय सूचकभन्दा पनि ग्राहकको विश्वास सबैभन्दा ठूलो पुँजी भएको बताए। बीमितले आफ्नो सम्पत्ति, व्यवसाय र भविष्यसँग जोडिएका जोखिम कम्पनीलाई सुम्पिने भएकाले विश्वास कायम राख्दै सेवा थप प्रभावकारी बनाउनु मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।

आगामी दिनमा डिजिटल बीमा सेवा, छिटो दाबी व्यवस्थापन, डेटा एनालिटिक्स, अटोमेसन र आधुनिक जोखिम मूल्याङ्कन प्रणालीलाई प्राथमिकतामा राख्ने अध्यक्ष मल्लले बताए।

कृषि, पर्यटन, जलविद्युत्, उद्योग, पूर्वाधार तथा साना–मझौला व्यवसायमा बीमाको सम्भावना अझै ठूलो रहेको उल्लेख गर्दै उनले बीमा सेवा शहरमा मात्र सीमित नराखी गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।

‘हाम्रो लक्ष्य केवल ठूलो कम्पनी बन्नु होइन, विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री, ग्राहककेन्द्रित र उत्कृष्ट सेवा दिने कम्पनी बन्नु हो,’ अध्यक्ष मल्लले भने।

उनले कम्पनीको यात्रामा साथ दिने शेयरधनी, बीमित, कर्मचारी, अभिकर्ता, सर्भेयर, पुनर्बीमा साझेदार, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।

सम्बन्धित समाचार