free website hit counter

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान

beemaadmin
२०८३ श्रावण २६, मंगलवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष कार्यक्रम आयोजना गरी अभिकर्ताहरूलाई सम्मान गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एमडीआरटी हासिल गरेका, ‘मेगा स्टार’ उपाधि प्राप्त गरेका तथा वरिष्ठ एजेन्सी म्यानेजरहरूलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो।

Advertisement
Advertisement

कार्यक्रममा प्रा. डा. भगवान कोइराला र डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकाससम्बन्धी उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए।

Advertisement
Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूलाई कम्पनीको सफलताको प्रमुख आधारका रूपमा उल्लेख गरे। उनले अभिकर्ताहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको जिम्मेवारीको प्रशंसा गर्दै उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्ने विषयमा छलफलसमेत गरिएको थियो। सहभागी अभिकर्ताहरूबीच अनुभव आदानप्रदान र सफलताका यात्राबारे अन्तरक्रियात्मक सत्र पनि सञ्चालन गरिएको थियो।

कम्पनीले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा र व्यावसायिक उत्कृष्टतालाई प्राथमिकता दिँदै बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार