free website hit counter

डिप्रोक्स लघुवित्तको नाफा ७१.५२ प्रतिशतले बढ्यो, खराब कर्जा पनि घट्यो

beemaadmin
२०८३ श्रावण २७, बुधबार

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय सुधार गर्दै ९८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरेको ५७ करोड ६८ लाख रुपैयाँको तुलनामा ७१.५२ प्रतिशतले बढी हो।

संस्थाको नाफा वृद्धिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको सुधारले महत्वपूर्ण योगदान गरेको छ। समीक्षा अवधिमा संस्थाले २ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.४६ प्रतिशत बढी हो।

Advertisement
Advertisement

त्यस्तै, संस्थाको खुद शुल्क तथा कमिसन आम्दानी १८ करोड ८९ लाख रुपैयाँबाट बढेर २० करोड ८९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ९१ करोड ३८ लाख रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

खराब कर्जा घट्यो

डिप्रोक्स लघुवित्तको खराब कर्जा अनुपातमा समेत उल्लेख्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा ११.३० प्रतिशत रहेको खराब कर्जा अनुपात गत आर्थिक वर्षमा घटेर ६.४९ प्रतिशतमा झरेको छ।

त्यस्तै, संस्थाको सीडी रेसियो ११२.९७ प्रतिशतबाट घटेर ११२.६७ प्रतिशत, आधार दर १२.१२ प्रतिशतबाट घटेर ११.३३ प्रतिशत र कोषको लागत ७.७७ प्रतिशतबाट घटेर ६.८५ प्रतिशत कायम भएको छ। स्प्रेड दर भने ७.१३ प्रतिशतबाट बढेर ७.७६ प्रतिशत पुगेको छ।

वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड

संस्थाको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ५९ करोड ९८ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

संस्थाको लाभांश क्षमता पनि ३२.११ प्रतिशतबाट बढेर ५२.८३ प्रतिशत पुगेको छ। रिटेन्ड अर्निङ १ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ५२ करोड रुपैयाँ सञ्चित रहेको छ।

प्रतिसेयर आम्दानी ४८ रुपैयाँभन्दा माथि

नाफामा भएको वृद्धिको प्रभाव संस्थाको प्रतिसेयर आम्दानीमा समेत देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३० रुपैयाँ ८८ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर गत आर्थिक वर्षमा ४८ रुपैयाँ १५ पैसा पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ८७ पैसा, तरलता अनुपात ८.१२ प्रतिशत, मूल्य–आम्दानी अनुपात १७.६५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४४६ रुपैयाँ ९६ पैसा रहेको छ।

सम्बन्धित समाचार