free website hit counter

प्रभु महालक्ष्मी लाइफको नाफा बढ्यो, बीमाशुल्क आर्जन २१ प्रतिशतले वृद्धि

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २०.९६ प्रतिशतले बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

बीमाशुल्क आर्जनमा भएको वृद्धिसँगै कम्पनीको कुल आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ६१ करोड रुपैयाँ रहेको कुल आम्दानी गत आर्थिक वर्षमा बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कुल खर्च पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २४ करोड रुपैयाँ रहेको कुल खर्च गत आर्थिक वर्षमा बढेर ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

दाबी भुक्तानी पनि बढ्यो

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ८४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ती कोषमा १४ करोड ८५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिटेन्ड अर्निङ ४२ करोड ८२ लाख रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा र मूल्य–आम्दानी अनुपात ६१.२० गुणा रहेको छ।

सम्बन्धित समाचार