काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि भदौ ८ गतेदेखि ११ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ताका रूपमा कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि उक्त तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममा सहभागी हुन नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो तथा स्थायी लेखा नम्बर (प्यान) आवश्यक पर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, तालिममा सहभागी हुन इच्छुक अभिकर्ताले न्यूनतम प्लस टु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
कम्पनीका अनुसार तालिम अनलाइनमार्फत बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।
अभिकर्ता परीक्षा भने भदौ ११ गते दिउँसो २ बजे सञ्चालन गरिनेछ ।