free website hit counter

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला

beemaadmin
२०८३ भाद्र ९, मंगलवार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुवास कोइरालाले पाएका छन्।

कम्पनीको सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

यससँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेको डा. शिवहरि श्रेष्ठको राजीनामा पनि सञ्चालक समितिले स्वीकृत गरेको छ।

डा. श्रेष्ठलाई कम्पनीले २०८१ वैशाखमा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो।

नयाँ नेतृत्व व्यवस्थापनसँगै कोइरालाले कम्पनीको नियमित प्रशासनिक तथा व्यावसायिक गतिविधिलाई अघि बढाउने जिम्मेवारी पाएका छन्। कम्पनीको स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया भने छुट्टै प्रक्रियाबाट अघि बढ्नेछ।

सम्बन्धित समाचार