free website hit counter

भारत र दक्षिण कोरियाबाट नेपालीले प्रभु बैंकमा खाता खोल्न मिल्ने

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । मित्रराष्ट्र भारत र दक्षिण कोरियामा रहेकामध्ये करिव २१ हजार नेपालीले प्रभु बैंकमा खाता खोल्न पाउनेभ एका छन् । प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य भएपछि नेपालीले यस्तो सुविधा पाउने भएका हुन् । दुई संस्थाबीच भएको सहकार्यअनुसार, बैंकले बचत खाताका साथै नेपालमा रहेका उनीहरुका परिवारमध्ये ६ सयलाई ऋण लगानी पनि गर्नु पर्ने देखिन्छ।
समझदारी पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरे । कार्यक्रममा अध्यक्ष शेरचनले बैंकले विदेश गएका नेपालीहरुको पोर्टफोलियो ब्यवस्थानका लागि उनीहरुलाई बैदेशिक रोजगार बचतपत्र खरीद गर्न प्रोत्साहन गरिने जानकारी दिए। उनले बीमा बारे सु–सुचित गराएर बीमालेख खरीदका लागि प्रोत्साहित गर्नेसमेत बताए। उनले बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सरकारको ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशिलता विकास गर्नेसमेत जानकारी दिए। यो परियोजनाका लागि सक्षमले १० करोड रुपैयाँ सहयोग गरेको छ। परियोजना १८ महिनाभित्र पुरा हुनेछ।
कार्यक्रममा बैंकका अध्यक्ष देबिप्रकाश भट्टचनले सक्षमसँगको सहकार्यले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन थप सजिलो भएको बताएका छन्। सक्षमका टोली प्रमुख दाहालले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउनका लागि बैंकसँग सहकार्य गरेको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार